१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ फाल्गुण ६ मंगलबार १०:५८:००
Read Time : < 1 मिनेट
खेलकुद

घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग चेल्सीको हार

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ६ मंगलबार १०:५८:००

प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडसँग चेल्सी पराजित भएको छ । सोमबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा युनाइटेडले घरेलु टोली चेल्सीलाई २–० ले हराएको हो ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड युनाइटेडमा युनाइटेडका एन्थोनी मार्सियल र ह्यारी मिगुएरले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४५औं मिनेटमा आरोना वान बिशाखाको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । 

पहिलो हाफको इन्ज्युरी समयमा मिचेल बात्सुयाई र पेड्रो रोड्रिग्वेजले काउन्टर एट्याकमा मौका पाए पनि प्रहार गर्न ढिला गर्दा चेल्सी बराबरीबाट चुक्यो । दुई गोलले भिआर मान्यता नपाएपछि लन्डन क्लब चेल्सी हार बेहार्न बाध्य भएको थियो । खेल अवधिभर ६२ प्रतिशत खेल नियन्त्रणमा राखेको चेल्सीको एक मात्र प्रहारले पोलको दिशा लिएको थियो । 

जितसँगै युनाइटेडका २६ खेलबाट ३८ अंक भएको छ । समान खेल खेलेको चेल्सीको ४१ अंक छ । युनाइटेड तालिकाको सातौ स्थानमा उक्लिएको छ भने चेल्सी चौथो स्थानमा यथावत् छ ।