मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २४ बुधबार १३:५४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

डर्टमन्डलाई हराउँदै चेल्सी क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २४ बुधबार १३:५४:००

जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–० (समग्रमा २–१) गोलअन्तरले पराजित गर्दै इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेका गरेको छ । 
अवे खेलमा १–० ले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले गएराति घरेलुमैदान स्टाम्फोर्ड ब्रिजमा  डर्टमन्डलाई २–० ले पराजित गर्‍याे । एक गोल पेनाल्टीमा सम्भव भएको थियो । 

खेलको ४३औँ मिनेटमा रहिम स्टर्लिङले चेल्सीका लागि गोल गर्दै समग्रमा खेल बराबरीमा ल्याएका थिए । निकै प्रतिस्पर्धात्मक खेलको ५३औँ मिनेटमा प्राप्त पेनाल्टी दोस्रो प्रयासमा गोलमा परिणत गर्दै काई हार्भाटेजले चेल्सीलाई राहत दिलाए ।

हार्भाटेजको पहिलो प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो । तर, पेनाल्टी प्रहारअघि नै चेल्सी र डर्टमन्डका खेलाडी डिबक्सभित्र प्रवेश गरेको पाइएपछि चेल्सीले दोस्रोपटक पेनाल्टी प्रहार गर्ने मौका पाएको हो । दोस्रो मौकालाई खेर नफाली हार्भाटेजले बललाई जाली चुमाए ।