Skip This
रियलले चेल्सी तथा सिटीले पायो बार्यन प्रतिस्पर्धी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार २३:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

रियलले चेल्सी तथा सिटीले पायो बार्यन प्रतिस्पर्धी

च्याम्पियन्स लिग ड्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २३:४८:oo

युइएफए च्याम्पियन्स लिगका बाँकी खेलका लागि ड्र सार्वजनिक भएको छ । क्वार्टरफाइनलमा रहेका आठ क्लबबाट शुक्रबार ड्र सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको ड्रअनुसार स्पेनिस क्लब रियल मड्रिडको भिडन्त इङलिस क्लब चेल्सीसँग हुने भएको छ । यस्तै, इङलिस क्लब म्यान्चेष्टर सिटीले सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ । 

एसि मिलानले नापोली प्रतिस्पर्धी पाएको छ भने इन्टर मिलानले बेन्फिकाको समाना गर्नेछ । 

अब रियल र चेल्सीबीचको विजेताले अन्तिम चारमा सिटी र बार्यनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, एसी मिलान र नापोलीबीचको विजेताले इन्टर वा बोन्फिकासँग खेल्नेछ ।

क्वार्टरफाइनलको पहिलो लेग ११ र १२ अप्रिल तथा दोस्रो लेग १८ र १९ अप्रिलमा हुनेछ । सेमिफाइनलको पहिलो लेग ९ र १० मे तथा दोस्रो लेग १६ १७ मेमा हुनेछ । च्याम्पियन्स लिगको फाइनल खेल भने १० जुनमा टर्कीको इस्तानबुलस्थित ऐटाटुर्क ओलम्पिक स्टेडियममा आयोजना गरिनेछ ।

ad
ad