Skip This
चेल्सी बाउर्नेमाउथसँग बराबरीमा रोकियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
एजेन्सी लन्डन
२o८१ बैशाख २७ बिहीबार o८:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चेल्सी बाउर्नेमाउथसँग बराबरीमा रोकियो

Read Time : > 1 मिनेट
एजेन्सी, लन्डन
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o८:१५:oo

इंग्लिस प्रिमियर लिगमा चेल्सी बाउर्नेमाउथसँग गोलरहित बराबरीमा रोकिएको छ । बाउर्नेमाउथको मैदानमा चेल्सीले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा अंक बाँडेको हो । चेल्सीले पाँच खेलमा पाँच अंक बटुलेको छ । चेल्सी १४औँ स्थानमा छ । चेल्सीलाई बहादुरीपूर्वक गोलरहित बराबरीमा रोकेको बाउर्नेमाउथ तीन अंकका साथ १५औँ स्थानमा छ । लिगमा चेल्सीले अहिलेसम्म एक जित मात्र निकालेको छ । खेलमा चेल्सीले ६४ प्रतिशत बल पोसेसन राख्दा पनि गोल गर्न सकेन ।

साबिक विजेता म्यानचेस्टर सिटीले शीर्ष दुई स्थानमा दुई अंकको अग्रता लिएको छ । लिगअन्तर्गत शनिबार राति वेस्टह्यामलाई ३–१ ले हराउँदै सिटीले दोस्रो स्थानमा रहेको टोटनह्यामाथि दुई अंकको अग्रता बनाएको हो । सिटीले वेस्टह्याममाथि पुनरागमन जित निकालेको थियो । खेलको ३६औँ मिनेटमा सिटी १–० ले पछि परेको थियो । पहिलो हाफमा फितलो देखिएको सिटी मध्यान्तरपछि सशक्त रूपमा प्रस्तुत भयो । 

दोस्रो हाफमै जेमेमी डोकुले सिटीलाई १–१ को बराबरीमा पुर्‍याए । खेलको ७६औँ मिनेटमा बर्नान्डो सिल्भाले सिटीलाई २–१ को अग्रता दिलाए । उनले जुलियन अल्भारेजको सटिक पासमा गोल गरे । खेलको ८६औँ मिनेटमा एर्लिङ हाल्यान्डले सिटीको जित ३–१ को पक्का पारे । सिटीले पाँच खेलपछि १५ अंक जोडेको छ । टोटनह्यामले पनि समान खेलबाट १३ अंक जोडेको छ । लिभरपुलको पनि १३ अंक नै छ । गोलअन्तरमा लिभरपुल तेस्रो स्थानमा झरेको हो । 

शनिबार राति नै भएको अर्को खेलमा टोटनह्यामले सेफिल्ड युनाइटेडमाथि २–१ को जित निकाल्यो । खेलको अन्तिम इन्जुरी समयमा १० खेलाडीमा सीमित भएको सेफिल्डले निर्धारित ९० मिनेटसम्म १–० को अग्रता लिएको थियो । खेलको ७३औँ मिनेटमा हामेरले सेफिल्डलाई १–० को अग्रता दिलाएका थिए । १० मिनेटको इन्जुरी समयमा टोटनह्यामले दुई गोल गर्दै बाजी मार्‍यो । रिचार्लिसन र कुलुसेभस्कीले एक–एक गोल गर्दा टोटनह्यामको जित पक्का भयो । 

घरमै पराजित युनाइटेड
म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा ब्राइटनसँग ३–१ ले पराजित भएको छ । हारसँगै युनाइटेड लिगको १२औँ स्थानमा झरेको छ । युनाइटेडले पाँच खेलमा ६ अंक बटुलेको छ । ओल्ड ट्राफोर्ड मैदानमा सानदार जित निकालेको ब्राइटन १२ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । ब्राइटनले पाँच खेलमा १२ अंक बटुलेको छ । अर्को खेलमा लिभरपुलले उल्भ्सलाई ३–१ ले निराश पा¥यो । लिभरपुल दोस्रो स्थानमा रह्यो । लिभरपुलले पाँच खेलबाट १३ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको साबिक विजेता म्यानचेस्टर सिटीले सर्वाधिक १५ अंक बटुलेको छ । 

घरेलु मैदानमा युनाइटेडले ब्राइटनविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्न सकेन । खेलको २०औँ मिनेटमा वेलवेकले ब्राइटनलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५३औँ मिनेटमा ग्रोबले ब्राइटनलाई २–० को अग्रता दिलाए । निकै कमजोर डिफेन्डर प्रदर्शन गरेको युनाइटेडको पोस्टमा ब्राइटनले खेलको ७१औँ मिनेटमा ३–० को गोल गर्‍यो । यसपटक ब्राइटनका लागि जाओ पेड्रोले गोल गरेका थिए । खेलको ७३औँ मिनेटमा मेजब्रीले युनाइटेडलाई खेलमा फर्काउने प्रयास गर्दै ३–१ का लागि गोल गरेका थिए । 

उनले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गरे । खेलमा ब्राइटनले ५६ र युनाइटेडले ४४ प्रतिशत बल पोसेसन बनाएको थियो । युनाइटेडले १४ र ब्राइटनले १० पटक पोस्ट चार्ज गरेको थियो । 

ad
ad