भुर्तेल र सामराको विस्फोटक ब्याटिङमा काठमाडौंलाई २२५ रनको लक्ष्य

आइतबार, २९ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ तेस्रो नेपाल प्रिमियर लिगअन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पोखराले मात्र तीन विकेटको क्षतिमा २२४ रनको योगफल तयार गरेको हो।

ओपनर अर्जुन कुमाल ६ बलमा एक चौकासहित पाँच रन जोडेर आउट भएपछि युवराज सामरा र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे। भुर्तेल ५१ बलमा ९९ रन जोडेर पेभेलियन फर्किए। उनले समान आठ चौका र छक्का प्रहार गरे।

यसैगरी, अर्का ओपनर युवराज सामरा पनि ८९ रन जोडेर आउट भए। ५५ बल सामना गरेका उनले आठ चौका र पाँच छक्का प्रहार गरे।

कप्तान चमिका करुनारत्नेले अविजित १९ रन जोडे। मात्र ७ बल सामना गरेका उनले एक चौका र दुई छक्का हाने। धनन्जय लक्षणले अविजित २ रन बटुले।

काठमाडौंका करण केसीले दुई तथा जहान्दाद खानले एक विकेट निकाले। 

सुझावित समाचार