१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १६ बिहीबार १८:२५:००
Read Time : > 1 मिनेट
सेयर बजार

नेप्सेमा २० अङ्कको वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १६ बिहीबार १८:२५:००

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर २८१.७६ मा पुगेको छ ।
 
नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल १७८ कम्पनीका ४६ लाख दुई हजार एक सय १ कित्ता शेयर एक अर्ब ९६ करोड ६२ लाख १९ हजार सात सय ४९ रुपैयाँमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ । व्यापार १५.३१ ले घटदा बैंकिङ १८.२५, होटल २४.०८, विकास बैंक १६.४३, जलविद्युत् ९.६६, वित्त ६.३६, निर्जीवन बीमा २२४.६४, उत्पादन ९.४२, अन्य १.९२, लघुवित्त १८.६, जीवन बीमा १६८.६३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ ।
 
नेप्सेका अनुसार आज कारोवारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ११ करोड ३६ लाख १९ हजार एक सय ४७ रुपैयाँ बराबरको कारोवार भयो । यस्तै प्राइम लाइफ सात करोड २० लाख १४ हजार दुई सय १८ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स छ करोड ९३ लाख २४ हजार नौ सय ४३ रुपैयाँ, एशियन लाइफ ६ करोड ८१ लाख तीन हजार तीन सय २० रुपैयाँ, नेशनल लाइफ ६ करोड ६८ लाख १५ हजार दुई सय ३१ रुपैयाँ, प्रभु बैंक पाँच करोड ६६ लाख १२ हजार नौ सय ४९ रुपैयाँ र गुराँस लाइफ पाँच करोड ६० लाख ९५ हजार चार सय ७७ रुपैयाँमा खरीद बिक्री भई शीर्षस्थानमा रहे ।
 
नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स १०, सूर्य लाइफ इन्स्योरेन्स ९.८६, युनाइटेड फाइनान्स ८.९३, हिमालयन जनरल इन्स्योरेन्स ८.२९, युनाइटेड इन्स्योरेन्स ७.३२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.२४ प्रतिशतले कमाए । त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, नाडेप लघुवित्त ४.९८, गोर्खाज फाइनान्स ४.६८, कर्णाली डेभलपमेन्ट बैंक ३.६०, घोडीघोडा लघुवित्त ३.२६ र रिलायन्स फाइनान्सका शेयरधनीले २.८५ प्रतिशतले गुमाए ।रासस