Skip This
ad
सेयर बजारमा कस्ताे रहला मौद्रिक नीतिकाे प्रभाव ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १८:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सेयर बजारमा कस्ताे रहला मौद्रिक नीतिकाे प्रभाव ?

माैद्रिक नीतिकाे प्रतीक्षामा रहेका सेयर लगानीकर्ताका माग कति भए संबाेधन ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:५४:oo

अघिल्लो वर्षको मौद्रिक नीतिबाटै सेयर ओरालो लाग्न थालेको थियो । ३२ सयको परीक्षण गरेको नेप्से परिसूचकले मौद्रिक नीति सार्वजनिक भएपछि एकाएक बजार ओरालो लागेको थियो । बजार ओरालो लाग्नुको मुख्य कारण नेपाल राष्ट्र बैंकले एउटा बैंकबाट ४ करोड र समग्र प्रणालीबाट १२ करोड रुपैयाँसम्मको सेयर धितो कर्जाको सीमा हो । 
सेयर कर्जा सीमा तोकिदिएपछि लगानीकर्ता आक्रोशित बन्दै आएका थिए । त्यसपछिका सेयर बजारमा उत्तारचढाब कायमै रहे पनि पुरानाेाे बिन्दुमा भने फर्किन सकेन । सेयर लगानीकर्ताहरूले सेयर घट्नुमा मुख्य दोष राष्ट्र बैंकको भन्दै तीव्र आलोचना मात्र गरेनन्, सडकदेखि सदनसम्म आन्दोलन हुँदै आमरण अनशन नै बस्न बाध्य भए ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कर्जाको सीमामा केही परिमार्जन गरेको छ । यसअघि एक बैंकबाट ४ करोड र समग्र प्रणालीबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्थालाई संशोधन गरी बैंकले ४ करोडलाई हटाए पनि १२ करोडको सीमा भने यथावत राखेको छ । 

त्यस्तै, मर्जरमा जाँदा कारोबार रोक्का नहुने, १२ करोडलाई पनि ब्रोकरबाट व्यवस्थित मार्जिन कारोबार सुरु भएपछि त्यो सीमा पनि हटाइने बताएको छ । त्यस्तै, लगानीकर्ताहरूले उठाउँदै आएको माग सेयर धितो कर्जामा लागू गरिएको १५० प्रतिशतको जोखिमभारमा पनि केही संशोधन गरिएको छ । जसअनुसार २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिमभार सय प्रतिशत कायम गरिएको छ । त्यसभन्दा बढीको कर्जामा १५० प्रतिशत जोखिमभार कायम हुनेछ ।

लगानीकर्ताहरूले भने शुक्रबार आगामी आर्थिक वर्षको लागि जारी भएको मौद्रिक नीतिलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् । लगानीकर्ताले उठाएको मागलाई सम्बोधन गर्ने काम मौद्रिक नीतिले गरेको लगानीकर्ता तथा इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बताए ।  अहिलेको मौद्रिक नीतिले साना लगानीकर्तालाई राहत पुगेको उनको भनाइ छ । १२ करोड सीमा कर्जा पुर्याइएको छ भने त्यो पनि हटाइने कुरा छ, मर्जरमा जाँदा कारोबार नरोकिने कुराको पनि माग सम्बोधन भएको छ । यो साना लगानीकर्ताका लागि निकै सकारात्मक भएको रौनियारको भनाइ छ ।

त्यसैगरी, अर्का लगानीकर्ता नवराज दाहालले ठूला लगानीकर्तालाई अझै पनि सेयर धितो कर्जाले प्रभाव पारेको भए पनि साना लगानीकर्ताको हितमा हुने गरी मौद्रिक नीति आएको बताए । ‘दुईवटा सकारात्मक पक्ष छ, मर्जरमा जाँदा कारोबार रोकिनु हुँदैनथ्यो, त्यो हटाइयो, सीमा कर्जा बढाइयो सकारात्मक छ,’ दाहालले भने ।

त्यस्तै, पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिमा बढी फूलबुट्टा भरेर ल्याइएको बताइन् । सेयर बजारलाई निकै उत्साहित हुने खालको मौद्रिक नीति नआएको उनको प्रतिक्रिया छ ।  ‘जोखिम भार अहिले पनि एक सय प्रतिशत नै रहेको सीमा कर्जामा १२ करोड कायमै रहेकोले यसले सकारात्मक प्रभाव पार्न सक्छ,’ उनले भनिन् । 

ad
ad