१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार २२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपत्यकाकै दोस्राे जेठो भक्तपुर अस्पतालमा सुविधासम्पन्न नयाँ भवन उद्घाटन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २२:२४:oo

काठमाडौं उपत्यकाको दोस्राे जेठो भक्तपुर अस्पतालमा सुविधासम्पन्न नयाँ भवन निर्माण भएको छ। बेलायत सरकारको १८ करोड रुपैयाँ आर्थिक सहयोगमा नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको हो।

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत रब फेन्लीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।

स्वास्थ्यमन्त्री श्रेष्ठले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्यांकन हासिल गरी भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल बन्न सफल हुने विश्वास व्यक्त गरेका छन्। मन्त्री श्रेष्ठले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन निर्देशन र भक्तपुर अस्पताललाई तेस्रो तहमा स्तरोन्नति गर्ने प्रदेश सरकारले गरेको निर्णयबारे जानकारी दिए। 

सो अवसरमा नेपालका लागि बेलायती राजदूत रब फेन्लीले कामप्रति सन्तोष व्यक्त गर्दै भक्तपुर अस्पतालको निरीक्षण गरेका थिए। उनले भक्तपुर अस्पताललाई आफ्नो देशको तर्फबाट थप आर्थिक, भौतिक र प्राविधिक सहयोग उपलब्ध गराउने बताए।

अस्पतालका निर्देशक डा. सुमित्रा गौतमले नवनिर्मित भवन सञ्चालनमा आएपछि सेवामा निकै सुधार आएको बताइन्।

ad
ad