१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रासस काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

दुई हजार विन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:३६:oo

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.८१ अंकले ओरालो लागेको छ।

नेप्से १.३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९.०२ विन्दुमा कायम भएको छ। गत मंसिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक दुई हजारको विन्दुभन्दा तल झरेको हो।

आज विभिन्न तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार नौ सय ३० कित्ता सेयर ७१ हजार आठ सय ८० पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब आठ करोड ६९ लाख ५१ हजारबराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरू सबै समूहको उपसूचक घटेका छन्। वित्त समूह १.४० र उत्पादन तथा प्रशोधन समूह ०.८० प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै जलविद्युत् समूह २.४२ प्रतिशतले घटेको छ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ। यो कम्पनीको रु. २५ करोड १८ लाख १२ हजार दुई सय ४२ बराबरको चार लाख १५ हजार नौ सय ४९ कित्ता सेयर किनबेच भएको छ।

ad
ad