१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘चटकेहरू’ साइड लागेका छन्, ०८४ सालसम्म ठाउँमा आउँछन् : रामहरि खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १८:oo:oo

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले इलाममा आफ्नो पार्टी कमजोर नरहेको बताएका छन्।

मंगलबार समितिको बैठकपछि पत्रकारले सोधेको प्रश्नमा प्रतिक्रिया दिँदै खतिवडाले निर्वाचनको परिणामले ‘चटकेहरू’लाई ठेगानमा ल्याइदिएको टिप्पणी गरे।

कांग्रेस र एमाले मात्रै मेनस्ट्रिमका दुई पार्टी रहेकाे दाबी गर्दै उनले भने, ‘अहिलेका धेरै क्रान्तिकारीहरूलाई पनि ठेगानमा ल्याइदिएको छ। नेपालमा राजनीति गरेका दुईवटा पार्टीहरू, नेपाली कांग्रेस र नेकपा एमाले नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने प्रमाणित गरेको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको नाम नलिई खतिवडाले ०८४ सालको निर्वाचनसम्म उक्त पार्टी पाखा लाग्ने दाबी गरे। उनले भने, ‘नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ– दुईवटा पार्टी स्थापित भएका छन्। चटकेहरू बिस्तारै साइडमा आएका छन्। ८४ सम्म चटकेहरू ठीक हुन्छन्।’

ad
ad