१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २५ मंगलबार १७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

७.९३ अंकले बढ्यो नेप्से परिसूचक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:१o:oo

चालू आर्थिक वर्ष ०७८/७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ। शुक्रबार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४७ बिन्दुमा पुगेको हो। 

त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५४ अंकले बढेको छ। शुक्रबार नेप्सेको २ घण्टामा भएको २३१ कम्पनीको ४० लाख ५१ हजार कित्ता सेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ। 

बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम घटेको छ। बिहीबार २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ७ उपसमूहका सूचक घटेका छन्। जसमा लघुवित्त उपसमूहको परिसूचक १.५७ प्रतिशत बढेको छ। त्यस्तै, म्युचुअल फन्ड र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ। तर, बाँकी अन्य उपसमूहको परिसूचक १.६८ प्रतिशतले घटेका छन्।

ad
ad