१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o८१ जेठ ६ आइतबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सगरमाथा आरोहणका लागि ४१४ जनाले लिए अनुमति

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १८:५२:oo

सन् २०२४ को वसन्तयाममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ जनाले अनुमति लिएका हुन्। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए।

विभागको पर्वतारोहण शाखाका अधिकृत चुनबहादुर तामाङका अनुसार योयाममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ आरोहीले अनुमति लिएका छन्। हिमाल आरोहणको अनुमतिबापत हालसम्म रु ६७ करोड ४७ लाख १४ हजार ६१ रोयल्टी जम्मा भएको छ। सगरमाथाबाट मात्रै रु. ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ।

वसन्तयामको सगरमाथा आरोहणका लागि चौथो शिविर (साउथ कोल, ७९५० मि)सम्म बाटो खुलिसकेको छ। आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ)को काम चौथो शिविरसम्म सम्पन्न भएको हो।

यसअघि सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो।

ad
ad