१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार १६:०६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

फेरि ओरालो लाग्यो सेयर बजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार १६:०६:००

सेयर बजार आज पनि ओरालो लागेको छ । धितोपत्र बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.६८ अंकले घटेर बजार दुई हजार १०६.१५ अंकमा आइपुगेको छ । यसक्रममा ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अंकले ओरालो लागेर ४०६.११ मा सीमित भएको छ । आज दुई सय १४ कम्पनीको ६५ लाख २७ हजार चार सय १४ कित्ता सेयर कारोबार भएको छ । आज दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार नाै सय ६१ मूल्यको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्य उकालो लागेको छ । गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, युनिलिभर नेपाल ५.५९, आरबिबी म्युचुअल फन्ड ५.१९, समता घरेलु लघुवित्तका लगानीकर्ताले ४.०६ प्रतिशतले कमाए ।