१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ कार्तिक २८ बिहीबार ०९:२९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

फ्री डान्स नै मेरो फिटनेस

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २८ बिहीबार ०९:२९:००

सामान्यतया म बिहान ६ बजे उठ्छु । काम परेका वेला भने यसभन्दा चाँडो पनि हुन सक्छ, किनकि म कामलाई पहिलो प्राथमिकतामा राख्छु ।  उठ्नेबित्तिकै दुई कप पानी पिउँछु । म डान्सको क्रेजी मान्छे हुँ । म्युजिक बजाएर बिन्दास तरिकाले डान्स गर्छु । त्यतिवेला मलाई कोही–कसैको मतलब लाग्दैन । फ्रेस हुन मलाई दैनिक नुहाउनुपर्छ । एक्ससाइज त गर्नु नै प-यो । पेट बढ्यो भन्ने फिल हुनेबित्तिकै बेडमै सेटअप गर्न थाल्छु । 

पवित्रा आचार्य
कोरियोग्राफर, अभिनेत्री

खानेकुरा खासै बार्ने गर्दिनँ । ब्रेकफास्टमा कहिले ब्रेड त कहिले फलफूल खान्छु । शाकाहारी हुँ, आलुका परिकार एकदमै मन पर्छ । बिहान दाल–भात तरकारी नै खान्छु । तर, बेलुका खाना खान्नँ, हल्का सुप मात्रै खान्छु । मर्निङ होस् वा इभिनिङ, मुड चलेपछि फ्री भएर डान्स गर्नु नै मेरो फिटनेसको प्रमुख कारण हो ।

म कुनै समय चारवटा स्कुलमा डान्स सिकाउँथेँ, त्यसले पनि घरमा डान्स गर्नुपर्दैनथ्यो । अहिले त्यो छाडेकोले नियमित एक्ससाइजको लागि घरमै डान्स गर्छु । म अहिलेसम्म जिम गएको छैन । गुलियो खायो भने मोटाइन्छ भन्छन्, तर मलाई गुलियो नै मन पर्छ । 

दिनमा चार लिटर पानी पिउँछु । सात घन्टा मज्जाले निदाउँछु । त्यसैले मेरो जहिले पनि उस्तै फिगर हुन्छ । म कहिल्यै केही कुरामा नकारात्मक सोच्दिनँ ।सकारात्मक सोच मेरो जीवनको मूल मन्त्र हो । मलाई सधैँ एकदमै खुसी हुनुपर्छ ।

सानो–सानो कुरामा पनि चाँडै खुसी हुने बानी छ । हेल्दी हुनका लागि पनि खुसी हुनु जरुरी छ । नकारात्मक सोचले फेसको ग्लो घट्छ जस्तो लाग्छ । स्वस्थ रहनका लागि खुसी, बिन्दास र सकारात्मक सोच हुनु अत्यन्त जरुरी छ ।