१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १९ शुक्रबार ०८:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दमकमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १९ शुक्रबार ०८:३१:००

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन दमकमा हुने भएको छ । देशका विभिन्न सहरमा अडिसन सम्पन्न गर्दै आयोजकले २० र २१ फागुनमा दमकमा अडिसन गर्न लागेको हो । 

दमकको अडिसन इँटाभट्टाको श्री सरस्वती माध्यमिक विद्यालयमा र काठमाडौंको अडिसन फागुन २७ र २८ गते ज्ञानेश्वरको ग्यालेक्सी पब्लिक स्कुलमा आयोजना हुने आयोजकको भनाइ छ । त्यसबाहेक ‘मेरो डान्स युनिभर्स’को सांस्कृतिक समूह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत अडिसन दिएर छनोट भएमा फिल्ड अडिसनमा उपस्थित हुनैपर्ने जनाइएको छ । अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनुपर्ने र डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ रहेको उल्लेख छ ।  
फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै, फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ । यस्तै, ‘मेरो डान्स युनिभर्स’का विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउने तथा फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

डान्स युनिभर्स’को सांस्कृतिक समूह विधाका विजेताले २० लाख रुपैयाँ तथा फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले पाँच लाख रुपैयाँ पुरस्कार पाउने उल्लेख छ । फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्यान्ड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपेली देशहरूबाट पनि नेपाली भाषीहरूको उल्लेख्य सहभागिता हुने अपेक्षा व्यक्त गरेको छ ।