१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

यसकारण गरौँ हिपहप डान्स 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:१७:oo

हिपहप पाश्चात्य नृत्यको एउटा विधा हो । हिपहप ‘फ्री स्टाइल’को नृत्य हो, जसमा शारीरिक कसरत बढी हुन्छ । यसका लागि धेरै मिहिनेत चाहिन्छ । युवापुस्तामा हिपहपको राम्रो क्रेज छ । अहिलेका युवा डान्सलाई ‘फेम’सँग जोड्छन् । तर, यो स्टारडमको माध्यम नभई प्यासन र साधना हो ।

मानिसहरू आफ्नै ढंगले नृत्य गर्छन् । फ्रिस्टाइल डान्स भएकाले हिपहप पनि आफैँ गर्न सकिन्छ । युट्युब र अनलाइन भिडियोमार्फत सिक्न पनि सकिन्छ । तर, यसक्रममा कतिपयले स्टेप नै बिगारिरहेका हुन्छन्, जो राम्रो होइन । आफ्नो करिअर र सीपलाई निखार्नका लागि तपाईंले हिपहपको महत्वलाई राम्ररी बुझ्न जरुरी छ र यसका लागि तपाईंले यस डान्सको प्रशिक्षण लिनु राम्रो हुन्छ । 

धेरै मान्छे जिम जान्छन् । शरीर सुगठित बनाउन निकै मिहिनेत गर्छन् । तर, जिम भनेको आधा मान्छे र आधा मेसिनको सहकार्य हो । जिम छोडेको केही समयमै शरीर बिग्रिन थाल्छ । कसैको बोसो पलाउने त कसैको एब्स बिग्रिने हुन सक्छ । हिपहप फरक छ । संगीतको बहावमा शरीरलाई ढाल्नुपर्ने भएकाले यो ध्यान गरेजस्तै हो । त्यसबाट ‘स्ट्रेस’ घट्छ । संगीतले हामीलाई शान्त र मग्न बनाउँछ । तर, यसको कुनै नकारात्मक असर हुँदैन । 

ad
ad