Skip This
काठमाडौंमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ३ शुक्रबार ११:४o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काठमाडौंमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार ११:४o:oo

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन काठमाडौंमा हुने भएको छ । देशका विभिन्न सहरमा अडिसन सम्पन्न गर्दै आयोजकले ४ र ५ चैतमा काठमाडौंमा अडिसन गर्न लागेको हो । 

काठमाडौंको अडिसन सामाखुसी कपुरधाराको नवोदित कलेजमा हुने आयोजकको भनाइ छ । अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुलाएको आधिकारिक प्रमाण लिएर आउनुपर्ने आयोजकको भनाइ छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले स्टुडियो अडिसनमा सहभागी हुने अवसर प्राप्त गर्ने जनाइएको छ । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरूले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी जनाउनुपर्नेछ ।

इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले नेपालीहरू आफ्नो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने, ‘हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति र दुःखमा परेकालाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता बर्मा, पुष्पन प्रधानजस्ता वरिष्ठ गायकहरू समावेश रहेको आयोजकले जनाएका छन् । साथै, ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई रहेको उल्लेख छ ।  

फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै, फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ । यस्तै, ‘मेरो डान्स युनिभर्स’का विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउने तथा फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

‘डान्स युनिभर्स’को सांस्कृतिक समूह विधाका विजेताले २० लाख रुपैयाँ तथा फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले पाँच लाख रुपैयाँ पुरस्कार पाउने उल्लेख छ । फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्यान्ड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपेली देशहरूबाट पनि नेपाली भाषीहरूको उल्लेख्य सहभागिता हुने अपेक्षा व्यक्त गरेको छ ।