१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार ११:१२:००
Read Time : < 1 मिनेट
नयाँCity

भुवन दिदीबाट धेरै सिकेँ : मिरुना मगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार ११:१२:००

‘साइनो’ मेरो चौथो फिल्म हो । नेपालकी प्रथम अभिनेत्री भुवन चन्दले निर्माण गरेको फिल्म खेल्न पाउँदा खुसी छु । भुवन दिदीसँग काम गर्दा धेरै कुरा सिक्ने मौका पाए“ । उहाँहरूले नेपाली फिल्म उद्योगलाई दिएको योगदानबारे नजिकबाट महसुस गर्न पाएँ ।

पुराना कलाकारसँग अनुभव हुन्छ । उहाँहरूसँग काम गर्दा सिक्न पाइन्छ । फिल्मका स–साना कुरामा ख्याल राख्नुहुन्छ, सुझाब दिनुहुन्छ । भुवन दिदी हाम्रो अभिभावक हुनुहुन्छ । नयाँ–पुराना दुवै कलाकारको अभिनयको हिसाबमा भने उस्तै लाग्दो रहेछ ।

पुराना कलाकारसँग अनुभव हुन्छ । उहाँहरूसँग काम गर्दा सिक्न पाइन्छ । फिल्मका स–साना कुरामा ख्याल राख्नुहुन्छ, सुझाब दिनुहुन्छ । 

मेरा अघिल्ला फिल्महरूले बक्स अफिसमा खासै चर्चा बटुल्न सकेका थिएनन् । ‘साइनो’बाट भने मेरो धेरै अपेक्षा छ । एउटा कलाकारका कारणले मात्रै फिल्म चल्ने या नचल्ने हुँदैन । सिंगो टिमले जस्तो आउटपुट दिन्छ, त्यसैअनुसार फिल्म चल्ने हो । कलाकारले त अभिनय गर्ने, राम्रो पर्फर्मेन्स दिने हो ।

आफूले गरेको काममा आफूलाई नै बढी विश्वास हुने हो । ‘साइनो’को कथा राम्रो छ । यसमा म ग्रामीण युवतीको भूमिकामा देखिएकी छु । पारिवारिक र सामाजिक बन्धनसँग संघर्ष गरेकी छु । आफ्नो भूमिका यथार्थ भएकाले पनि दर्शकले मन पराउनेमा ढुक्क छु ।