१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार १२:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘रंगेली’मा जुनकिरी बनिन् मिरुना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १२:५९:oo

२५ फागुन महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रंगेली’मा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ बनेकी छlन्। ‘जुनकिरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने पोस्टर चलचित्र टिमले सार्वजनिक गरेको छ।

यस चलचित्र निर्देशक अर्जुन सुवेदीले मिरुनाले अहिलेसम्म अभिनय गरेकोभन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गरे। 

सुवेदीकै लेखन रहेको ‘रंगेली’मा मिरुनाको साथमा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका छ। यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ।

चलचित्रका कार्यकारी निर्माताहरू जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन्। निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिवशंकर चौलागाईं सहनिर्माता हुन्। विवेक खड्का (योलो) एसाेसियट निर्माता हुन्। छायाकार सुशन प्रजापति हुन्।

अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोवास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङलगायतका विश्वका विभिन्न मुलुकमा एकसाथ रिलिज हुनेछ।

जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईं र युएनए इन्टरटेनमेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेनमेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स इभेन्टस्’ले ‘रंगेली’ रिलिज गर्दै छन्।  

ad
ad