अनिल बुढामगरको निर्देशनमा बन्न लागेको फिल्म ‘घर ज्वाइँ’मा मिरुना मगर अनुबन्धित भएकी छिन्।
यस फिल्ममा उनी दयाहाङ राईको अपोजिटमा हुने बताइएको छ। फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापालगायत कलाकारको अभिनय रहनेछ।
जनक घर्तीमगरले निर्माण गर्ने फिल्मको छायांकन माघ तेस्रो सातादेखि सुरु हुनेछ। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्ने सम्झौता गरिएको छ।