मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ३ बुधबार
  • Wednesday, 18 December, 2024
२o८१ पौष ३ बुधबार o९:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडाकाे भुटनदेवी मावि र श्री आधुनिक राष्ट्रिय माविलाई एकीकरण गरिने

हेटौँडाका दुई पुराना सामुदायिक विद्यालय एकीकरण गरी मेगा विद्यालय बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ३ बुधबार o९:२५:oo

हेटौँडाका दुई पुराना सामुदायिक विद्यालयलाई एकीकरण गरी मेगा विद्यालयको रूपमा अगाडि बढाउने तयारी थालिएको छ । हेटौँडा उपमहानगरपालिका- ४ मा रहेका भुटनदेवी मावि र श्री आधुनिक राष्ट्रिय माविलाई एकीकरण गरी मेगा विद्यालय बनाउन लागिएको हो ।

लामो सयमदेखि जिल्लाको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका दुवै विद्यालयलाई एकीकरण गरेर मेगा विद्यालयको रूपमा अगाडि बढाउन लागिएको भुटनदेवी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका हेटौँडा- ४ का वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

उनका अनुसार विद्यालयहरूको एकीकरणका लागि दुवै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहितको टोलीले विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिस हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामालाई बुझाएका छन् ।

दुवै विद्यालयले वर्षौँदेखि मकवानपुरको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएकाले थप प्रभावकारिताका लागि दुई विद्यालयलाई एकीकरण गर्न लागिएको वडा अध्यक्ष सिग्देलले बताए ।

‘दुवै विद्यालय सँगै रहेको र बर्सेनि उत्कृष्ट नतिजा दिँदै आएकाले एकीकरण गरी मेगा विद्यालय बनाउन लागेका हौँ,' उनले भने, ‘दुवै विद्यालय विद्यार्थी र अभिभावको पहिलो रोजाइमा रहेकाले पनि हाम्रो सोचले अभियानलाई टेवा पुग्छ भन्ने लाग्छ ।’  दुवै विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्य्यनरत रहेको उनले जानकारी दिए ।

प्रत्येक वर्ष दुवै विद्यालयमा भर्ना हुने विद्यार्थीका चाप बढी रहेको र त्यसको व्यवस्थापनका लागि पनि मेगा विद्यालयको अवधारणा ल्याएको उनको भनाइ छ । अध्यक्ष सिग्देलले दुवै विद्यालयको एकीकरणपछि विद्यालयलाई आवश्यक पर्ने भौतिक पूर्वाधारको निर्माणमा सहजता हुनुका साथै खेलमैदान, विज्ञान प्रयोगशाला, पुस्तकालयलगायतलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सकिने बताए ।