१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

संस्कृति र चरित्रको साइनो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:१३:oo

एकपटक स्वामी विवेकानन्द अमेरिका यात्रामा थिए । रामकृष्ण मिसनको कार्यक्रममा सहभागी हुन त्यहाँ पुग्दा उनले केही समय त्यतै बसेर विभिन्न स्थानमा प्रवचन दिने कार्यक्रम तय भएको थियो । एक स्थानमा प्रवचन समाप्त भइसकेपछि उनी आफ्ना केही सहयोगीका साथमा पार्कमा भ्रमण गरिरहेका थिए । उनको शरीरको गेरु धोती, च्यादर र शिरको पगडी देखेर पार्कमा पुगेका धेरै मानिस अचम्मित भइरहेका थिए ।

एकजना स्थानीयले खसखस थाम्न नसकेर उनको नजिक आएर अलिक उपहाससाथ सोधे– महाशय, तपाईंको शरीरमा सर्ट, पाइन्ट, कोट केही पनि देखिन्न । खालि यही गेरु धोती, च्यादर र पगडी मात्र छ । यो तपाईंको कस्तो संस्कृति हो ? के तपाईंसित आजको सभ्य समाजलाई सुहाउने कुनै पोसाक छैन ? कि तपाईंहरूकहाँ लुगा सिलाउने सभ्यता विकसित भएकै छैन ? 

उनको प्रश्न सुनेपछि विवेकानन्द मुसुक्क हाँसे । उनले ती प्रश्नकर्ता स्थानीयलाई सम्बोधन गर्दै मधुर स्वरमा जवाफ फर्काए– महाशय, तपाईंको र हाम्रो संस्कृतिमा आकाश जमिनको अन्तर देख्दै छु म । यहाँ तपाईंहरूको संस्कृतिको निर्धारण सिलाइ कम्पनीले गर्दा रहेछन् । तर, हामीकहाँ तपाईंहरूको जस्तो संस्कृति निर्धारण गर्न सक्ने सिलाइ कम्पनी छैनन् । हामीकहाँ त लुगाले होइन, असल चरित्रले मात्र संस्कृतिको निर्धारण गर्छ । यथार्थमा हामीकहाँ संस्कृति वस्त्रले होइन, चरित्रले निर्धारण गर्छ भन्ने मान्यता स्थापित छ । विवेकानन्दको जवाफले ती प्रश्नकर्ता स्थानीय निरुत्तर भए ।

ad
ad