१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १४ मंगलबार १७:१०:००
Read Time : < 1 मिनेट
समाचार

निर्मला पन्त र बालुवाटार जग्गा प्रकरणका आरोपीले आत्महत्या गर्नुबारे गृहमन्त्रीसँग जवाफ माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १४ मंगलबार १७:१०:००

सांसदहरुले निर्मला पन्तकाे बलात्कारपछि हत्या प्रकरणदेखि बालुवाटार ललिता निवास जग्गा प्रकरणका आरोपीको आत्महत्याबारे गृहमन्त्रीसँग जवाफ मागेका छन् । संघीय संसद प्रतिनिधिसभाअर्न्तगत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीका अधिकारसम्बन्ध छलफल हुँदै गर्दा समिति सदस्यहरुले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै गृहमन्त्रीसँग जवाफ मागेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद एवं समिति सदस्य देवेन्द्रराज कंडेलले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व नायव सुब्बा युक्त प्रसाद श्रेष्ठको मृत्यु शंकास्पद भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरे । उनले ९ तलामाथिबाट खस्दा पनि श्रेष्ठको शरीरमा रगत नदेखिनु र आत्महत्या भन्नुले जग्गा प्रकरण लुकाउन हत्या गरिएको त होइन भन्ने शंका उब्जिएको बताए । नेकपाका सांसद एवं समिति सदस्य झपट रावलले दैनिक १० जना भ्रष्टाचारीले आत्महत्या गरेको सुन्न पाइयोस् भन्दै सत्यतथ्य पत्ता लगाउनुभन्दा आत्महत्या भएको बताए । 

त्यसैगरी समिति सदस्य डिला संग्रौलाले निर्मला पन्तसम्बन्धमा शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री राम बहादुर थापाले गैह्र जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाइन । उनले भनिन्, “यस्ता निर्मला पन्तको जस्ता घटना हिजो पनि घटे, आज पनि घट्छन्, भोलि पनि घटिरहन्छन् भनेर गैह्रजिम्मेवारी अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन ? कानुन आफ्नो हातमा लिएर बोल्दै जाने हो भने निर्मला जस्ता हजारौँ निर्मलाहरु बलात्कृत हुन्छन् । हामी कहाँ सुरक्षित हुन्छौँ ? त्यसैले गृहमन्त्रीलाई यो बोल्ने अधिकार छ कि छैन ?”

समिति सदस्य प्रेम सुवालले सुन काण्ड र निर्मला पन्तका अपराधी नियन्त्रणमा लिन नसकेको भन्दै अपराधीलाई मृत्युदण्ड दिने प्रावधान राख्ने गरी संविधान संशोधन गर्न सरकारले निर्देशन दिनु पर्ने धारणा राखे ।