१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Friday, 05 July, 2024
नागार्जुन नगरपालिका– ६ भैरवटोलस्थित घटनास्थल
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १० बिहीबार o६:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार o६:o८:oo

शंकाले परिवारै सखाप !

नागार्जुन नगरपालिका– ६ भैरवटोलमा एकै परिवारका तीन सदस्यको हत्यापछि एक पुरुषले आत्महत्या गरेका छन् । सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका– १० का ३७ वर्षीय राजु घिमिरे भनिने काजी विश्वकर्माले ३८ वर्षीया श्रीमती ईश्वरी श्रेष्ठ भनिने प्रेमकुमारी श्रेष्ठ, छोरी आठ वर्षीया अनिशा श्रेष्ठ र २८ महिनाकी नातिनी शिवाना श्रेष्ठको हत्यापछि आत्महत्या गरेका हुन् । 

घटना विवाहेतर सम्बन्धको शंकाले निम्त्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार विश्वकर्माको श्रेष्ठसँग दोस्रो विवाह हो भने श्रेष्ठको पनि विश्वकर्मासँग दोस्रो विवाह नै हो । श्रीमती परपुरुषसँग सल्किएको भन्दै विश्वकर्मा शंका गर्थे । यही विषयमा दुईबीच सधैँ विवाद हुने गर्थ्यो । यसै क्रममा विश्वकर्माले श्रीमती स्थानीय अधबैँसे पुरुषसँग नजिकिएको भन्दै श्रीमतीलाई उक्त पुरुषविरुद्ध बलात्कार मुद्दा हाल्नसमेत लगाएको खुलेको छ । ती पुरुषलाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेर थुनामा राखेको थियो ।

तर, अदालतबाट धरौटीमा छुटेपछि विश्वकर्मा क्रुद्ध बनेका थिए । हत्यापछि आत्महत्या गर्नुअघि विश्वकर्माले छोरालाई भिडियो सन्देशसमेत पठाएका थिए । प्रहरीका अनुसार उक्त भिडियोमा उनले घटना हुनुका कारणहरू पनि खुलाएका छन् । उक्त परपुरुष अदालतबाट धरौटीमा छुटेपछि पनि श्रीमतीले भेट्न नछाडेपछि हत्याको योजनामा पुगेको विश्वकर्माले बताएका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले एकै परिवारका तीनजनाको हत्यापछि आत्महत्या विवाहेतर सम्बन्धको शंकाले निम्त्याएको परिणाम हुन सक्ने बताए । उनले भने, ‘एकै परिवारका तीन सदस्यको हत्या भएको छ । त्यसपछि हत्यामा संलग्न हुनेले नै आत्महत्या गरेको देखिन्छ । सरसर्ती हेर्दा हत्याको कारण विवाहेतर सम्बन्ध हो कि जस्तो देखिन्छ । यस विषयमा अनुसन्धान जारी छ । विस्तृत विवरण अनुसन्धानपछि खुल्ला ।’

प्रहरीका अनुसार स–सानो विषयमा पनि विश्वकर्मा श्रीमतीप्रति शंका गर्थे । विभिन्न निहुँ झिकेर मानसिक यातना दिइरहन्थे । यही क्रममा श्रेष्ठले केही महिनाअघि विष सेवन गरी आत्महत्याको कोसिस पनि गरेकी थिइन् । यसपटक भने उनी श्रीमतीको हत्या नै गर्ने मनस्थितिमा पुगेका थिए । यसका लागि उनले कोठामा हम्मर र धारिलो कैँची लुकाएर राखेका थिए ।

बुधबार बिहान करिब ७:३० बजे उनले सँगै बस्ने झड्केलो छोरालाई सामान खरिद गर्न पसल पठाएका थिए । कोठामा श्रीमती श्रेष्ठ, छोरी अनिसा र नातिनी शिवाना थिए । सुरुमा उनले श्रीमतीको टाउकोमा हम्मरले प्रहार गरेका थिए । प्रतिकारमा उत्रिएकी छोरी र नातिनीलाई सँगै राखेको कैँचीको धारले छातीमा घोचेका थिए । प्राण नगएसम्म तीनैजनालाई प्रहार गरेका थिए । तीनैजनाको मृत्यु यकिन भएपछि विश्वकर्मा कोठाबाट निस्किए । ‘श्रीमती, छोरी र नातिनीको हत्या गरेको र अब आफूले पनि आत्महत्या गर्ने’ भन्दै सालो र ससुरालाई टेलिफोन गरे । डोरी लिएर नागार्जुन नगरपालिका– ५ ह्वाइट गुम्बास्थित जंगलमा पुगे । सल्लाको हाँगामा पासो लगाएर आत्महत्या गरे । 

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रेग्मीले भने, ‘विश्वकर्मा श्रीमतीको हत्या गर्न योजनाबद्ध ढंगले तयार भएको देखिन्छ । उनले हम्मर र धारिलो कैँची पहिले नै कोठामा लुकाएर राखेका थिए । हत्यामा सोही सामग्री प्रयोग भएको देखिन्छ । त्यसपछि यिनी आत्महत्या गर्न घटनास्थलबाट दुई किलोमिटर टाढाको जंगलमा पुगेको देखिन्छ ।’

विश्वकर्मालाई जिउँदै पक्राउ गर्ने प्रहरीको प्रयास असफल 
विश्वकर्मा श्रीमती श्रेष्ठ, छोरी अनिशा र नातिनी शिवानाको हत्यालगत्तै कोठाबाट निस्किए । त्यसलगत्तै उनले सालो, ससुरा र परिवारका अन्य सदस्यलाई भनेका थिए, ‘मैले श्रीमती, छोरी र नातिनीको हत्या गरेँ । अब म पनि आत्महत्या गर्न जाँदै छु ।’

विश्वकर्माको फोनले परिवारका सदस्य झस्किए । हत्या बिहान करिब ७:३० बजे भएको थियो । ८:०० सम्म उनले परिवारका सबै सदस्यलाई फोन गर्न भ्याइसकेका थिए । खबर थाहा हुनासाथ परिवारका सदस्यले प्रहरीलाई सूचना दिए । प्रहरी घटनास्थल पुग्यो । विश्वकर्माको खोजीमा जुट्यो । यसक्रममा प्रहरीले विश्वकर्माको टेलिफोन ‘लोकेसन ट्रयाक’ गर्ने कोसिस गर्‍यो ।

तर, सही लोकेसन खुल्नै सकेन । यद्यपि, प्रहरी उनको खोजीमा जंगल–जंगल भौँतारिन थाल्यो । तर, उनलाई फेला पार्न सकेन । खोजीकै क्रममा बिहान करिब १० बजे ह्वाइट गुम्बाबाट प्रहरीलाई ‘एक अपरिचित रुखमा झुन्डिएको’ सूचना आयो । घटनास्थल पुग्दा झुन्डिएको व्यक्ति तिनै विश्वकर्मा रहेको खुल्यो । 
 

ad
ad
ad
ad