१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ११ शुक्रबार
  • Saturday, 07 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण ११ शुक्रबार १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिआरसीमा प्रमुख तीन दलबीच सैद्धान्तिक सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ११ शुक्रबार १४:१९:oo

प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति जुटेको छ।

कांग्रेस, एमाले र माओवादी केन्द्रबीच टिआरसी विधेयकमा सैद्धान्तिक सहमति जुटेको हो ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान बसेको संयन्त्रको बैठकमा त्यस्तो सहमति जुटेको हो। संयन्त्रमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक  महेश बर्तौला र माओवादीबाट उपमहासचिव जनार्दन शर्मा छन्।

बैठकपछि माओवादी उपमहासचिव शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको र सोमबार सरोकारवालहरूसँग छलफलपछि संयन्त्रको बैठक बसेर अन्तिम रूप दिइने बताए।

‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएका छौँ। यस विषयमा सोमबार सरोकारवालासँग छलफल गर्ने र त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रूप दिने कुरा भएको छ,’ शर्माले भने।

एमाले मुख्य सचेतक बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिम रूप दिने गरी आजको बैठकमा सैद्धान्तिक सहमति जुटेको जानकारी दिए।

‘हामी यो विषयलाई अन्तिम रूप दिँदै छौँ। फाइनल गर्नका लागि केही रायहरू पनि सोमबारसम्म लिन्छौँ। परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछौँ,’ बर्तौलाले भने।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाको भनाइ छ। अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने उनको भनाइ छ।