१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ११ शुक्रबार
  • Saturday, 07 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण ११ शुक्रबार १८:५४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

आइतबार काठमाडौं उपत्यकाका सबै पालिकामा सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ११ शुक्रबार १८:५४:oo

साउन १३ गते आइतबार काठमाडौं उपत्यकाका सबै पालिका तथा मातहतका निकायहरूमा सार्वजनिक बिदा दिइएको छ। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले सार्वजनिक बिदा दिएको हो।

फोरमका सदस्यसमेत रहेका नकर्मीको बिहीबार निधन भएको हो । ‘उहाँले यस फोरममा रही पुर्‍याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन् । काठमाडौं उपत्यका मेयर्स फोरम परिवार यो अपूरणीय क्षतिको दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।