१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ६ आइतबार
  • Saturday, 07 September, 2024
२o८१ श्रावण ६ आइतबार o९:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दैलेख पेट्रोल अन्वेषण : दुई महिनामा एक किलोमिटर तल पुग्यो ड्रिलिङ पाइप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ६ आइतबार o९:२o:oo

दैलेखमा जारी पेट्रोलियम अन्वेषण कार्यअन्तर्गत दुई महिनामा एक किलोमिटर तलसम्म ड्रिलिङ पाइप पसाइएको छ ।

भैरवी गाउँपालिका– १, जलजलेमा पेट्रोलियम अन्वेषण कार्य जारी छ । जमिनमुनि चार किलोमिटरसम्म ड्रिलिङ पाइप घुसाएर प्राप्त नमुना परीक्षणपश्चात् मात्र पेट्रोलियम पदार्थ भए–नभएको यकिन हुनेछ । परियोजनामा कार्यरत खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले मुलुक समृद्धिको मार्गरेखा मानेर काम गरिरहेको बताए । 

उनका अनुसार जमिनमुनि पहिलो ५० मिटरको ‘होल’मा सबैभन्दा मोटो फलामको पाइप राखिएको छ । त्यसपछि अन्य साना–साना पाइप विस्तार गर्दै निरन्तर ड्रिलिङको काम भइरहेको उनले बताए ।

जमिनमुनि तीन सय मिटर तल ग्यासका साना कणहरू भण्डारण हुन सक्ने आशंका गरिएको छ । ड्रिलिङका क्रममा ग्यासको जोखिम न्यूनीकरण गर्न होलभित्र छुट्टै पाइप जडान गरिएको छ । ड्रिलिङका क्रममा अनुमान गरेभन्दा कडा चट्टानहरू भेटिएका छन् । यी चट्टानलाई छेड्न चिनियाँ प्राविधिकले नयाँ प्रविधिको मेसिन चीनबाट मगाएका छन् । उक्त मेसिन आउनेबित्तिकै ड्रिलिङ कार्यलाई तीव्रता दिइने त्रिपाठीले बताए । थप तीन किलोमिटर ड्रिलिङ गर्न ६ महिनासम्म लाग्ने अनुमानसमेत गरिएको उनले बताए ।

नेपाल र चीनबीच ०७५ मा सरकारीस्तरमा सम्झौता भई दैलेखको जमिनमुनि पेट्रोलियम अन्वेषण कार्य थालिएको हो । यस कार्यका लागि चीनले दुई अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता भएको छ ।