१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ९ बुधबार
  • Saturday, 07 September, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नवीन अर्याल काठमाडाैं
२o८१ श्रावण ९ बुधबार ११:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

Read Time : < 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण ९ बुधबार ११:२२:oo

सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

सी चेक गर्नका लागि काठमाडौंबाट पोखरा लैजाने क्रममा सिआरजे २०० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए ।

‘हामीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति लिएर जहाज पोखरा लैजान लागेका थियौँ, तर जहाज उड्नेबित्तिकै तल झरेछ,’ उनले भने, ‘जहाजमा चालक दलका सदस्य र इन्जिनियर मात्र छन्, यात्रु (सर्वसाधारण) छैनन् ।’

विमानमा १९ जना रहेका क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । घटनाकाे थप विवरण आउन बाँकी नै छ ।