१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

छोराछोरीको हत्यापछि आमाले गरिन् आत्महत्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:३o:oo

ललितपुर महालक्ष्मी– ४ ओचु हाइटमा दुई नाबालक छोराछोरीको हत्या गरी आमाले आत्महत्या गरेको खुलेको छ । आत्महत्या गर्ने ३६ वर्षीया रविना महर्जन हुन् । उनले शनिबार दिउँसो तीनतले घरबाट हामफालेर आत्महत्या गरेकी थिइन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार हत्या गरिएका ६ वर्षीय अश्वेत महर्जन र दुई वर्षीया रिबा महर्जन रहेका छन् । उनीहरूको शव तीनतले घरको फ्लाटमा भेटिएको थियो । उनीहरूको शव मुख थुनिएको अवस्था फेला परेको थियो ।

घटना शनिबार भएको हुँदा उनीहरूको विद्यालय बन्द थियो । उनीहरूका बुबा रवि महर्जन पसल गएका थिए । घरमा कोही नभएको अवस्थामा हत्या गरी रविनाले छतबाट हामफालेर आत्महत्या गरेको ललितपुर परिसरका प्रवक्ता एसपी नवराज कार्कीले बताए । 

उनले भने, ‘दुई बच्चाको शव कोठामा भेटिएको छ । घटनाको प्रकृति हेर्दा रविनाले नै हत्या गरेजस्तो देखिन्छ । त्यसपछि उनले छतबाट हामफालेर आत्महत्या गरेजस्तो देखिन्छ । यद्यपि, अनुसन्धान जारी छ । पोस्टमार्टम रिपोर्ट आइसकेको छैन । त्यसपछि बाँकी तथ्य खुल्दै जाला ।’

प्रहरीका अनुसार महर्जन परिवार ललितपुरका रैथाने हुन् । उनीहरूको परिवारिक पृष्ठभूमि सम्पन्न नै छ । रविको ललितपुरमै म्युजिक सिस्टमको पसल छ । रवि र रविनाबीचको सम्बन्ध पनि राम्रै रहेको प्रहरीको भनाइ छ । यसको बाबजुद पनि आमाले सन्तानको हत्या गरी आत्महत्या गर्नु अनौठो विषय रहेको ललितपुर परिसर प्रवक्ता एसपी कार्कीको भनाइ छ ।

उनले भने, ‘महर्जन परिवार सम्पन्न नै देखिन्छ । उनीहरू ललितपुरका रैथाने हुन् । श्रीमान्–श्रीमतीबीचको सम्बन्ध पनि राम्रै देखिन्छ । यद्यपि घटना भयो । रहस्य खुल्न सकेको छैन । अनुसन्धान विभिन्न कोणबाट जारी छ । तथ्य खुल्दै जालान् ।’

ad
ad