मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १७ बुधबार ११:२७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

५३ झोलुंगे पुल क्षतिग्रस्त, स्थानीय पूर्वाधारमा सवा अर्ब क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार ११:२७:oo

बाढीले रसुवा तथा नुवाकोटमा ५३ मा झोलुंगे पुल क्षतिग्रस्त भएका छन् । त्यसमा ३३ वटा झोलुंगे पुल बाढीले पूर्ण रूपमा बगाएको छ । २० वटा झोलुंगे पुल भने मर्मत गर्न सकिने देखिएको स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार शाहले बताए । उनका अनुसार स्थानीय पूर्वाधारतर्फ सवा अर्बबराबरको क्षति भएको छ ।

तत्काललाई तुइन तानेर ‘कनेक्टिभिटी’ बनाउन खोजेको उनले बताए । रसुवामा तीन र नुवाकोटमा दुई ठाउँमा तुइन तानेर काम चलाउन सकिने देखिएको छ । त्यसमा विदुरको बेलकोटगढी र इन्द्रचौरमा तुइन तान्ने काम भइसकेको छ ।

रसुवाका लागि भने तयारी भइरहेको उनले बताए । झोलुंगे पुल मर्मत तथा पुनर्निर्माण र स्थानीय सडक मर्मतका पनि तयारी गरिने उनले बताए । उनका अनुसार ग्रामीण सकड मर्मतमा ४० करोड, झोलुंगे पुल मर्मतमा १५ करोड र झोलुंगे पुल पुनर्निर्माणमा ६० करोड लाग्ने अनुमान गरिएको छ ।