मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १६ मंगलबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १६ मंगलबार १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कागेश्वरी मनोहराकी इन्जिनियर कार्की घुससहित पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १६ मंगलबार १६:५४:oo

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्की घुससहित पक्राउ परेकी छिन्। नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौँ) पदमा कार्यरत कार्की र रकम लिई मध्यस्थता गर्ने आस्मा कार्कीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।

इन्जिनियर कार्कीले स्ट्रक्चर एनालाइसिसको काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटकपटक दुःख दिई घुस मागेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट टोली खटिएको थियो। अख्तियारले टोलीले उनीहरूलाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नगरपालिकाको कार्यालय थलीबाटै पक्राउ गरेको हो।

सोमबार पक्राउ परेका दुवैविरुद्ध मंगलबार विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाएको अख्तियारले जनाएको छ।