मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १७ बुधबार ११:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भाेटेकाेशी बाढीको प्रभाव : चार जिल्लामा खानेपानी आपूर्ति प्रभावित, ६४ करोडको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार ११:३९:oo

बाढीले रसुवा, नुवाकोट, गोरखा र धादिङमा खानेपानी आपूर्ति पनि प्रभावित भएको भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार रसुवामा १०, नुवाकोटमा १११, धादिङमा सात र गोरखमा २४ वटा खानेपानीको रिजर्भवायर ट्यांकी क्षतिग्रस्त भएका छन् ।

यीसहित खानेपानीको विभिन्न संरचनामा ६४ करोडबराबरको क्षति भएको छ । साथै, खानेपानी आपूर्ति पनि प्रभावित भइरहेको छ । यसैगरी ढलसहित सरसफाइका संरचनामा २९ करोड रुपैयाँ नोक्सानी भएको छ ।

त्यसका बाबजुत अहिले नुवाकोटमा पम्पिङबाट दैनिक १० लाख लिटर पानी उपलब्ध गराएको उनले बताए । साथै, काठमाडौंमा चारवटा ट्यांकरमार्फत अस्थायी सेल्टरमा पार्नी आपूर्ति गरेको उनले बताए । साथै, पानीको गुणस्तरलगायत प्रयोजनका लागि ‘वाटर एम्बुलेन्स’ पनि परिचालन गरेको उनको भनाइ छ । 

‘अहिले रसुवामा पानी आपूर्ति गर्न चुनौती नै भइरहेको छ । समग्रमा डेढ–दुई महिनामा अस्थायी संरचना बनाएर पानी आपूर्ति सहज गर्नेछौँ । स्याथी संरचना बनाएर काम गर्न दुई वर्षजति समय लाग्नेछ,’ उनले भने ।