मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १७ बुधबार ११:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीबाट अतिप्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार ११:५९:oo

बाढीबाट अतिप्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो छ । तर, प्रधानमन्त्री बालेन्द्र शाहले भने मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकबाट झुटो प्रचार गर्दै नुवाकोटका सबै स्थानमा व्यवस्थित रूपमा राहत वितरण भएको दाबी गरे । 

‘बाढी प्रभावितहरूलाई व्यवस्थित रूपमा राहत वितरण कार्य जारी छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नुवाकोटका १९ अस्थायी आश्रयस्थलमा दुई हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ, रसुवाका प्रभावितहरूलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ ।’ तर, प्रभावित स्थानीय नागरिक र स्थानीय सरकारका प्रमुखहरूले केन्द्रबाट राहत प्राप्त नभएको बताएका छन् ।