मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २५ आइतबार
  • Monday, 10 March, 2025
२o८१ फाल्गुण २५ आइतबार २२:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गाउँपालिका उपाध्यक्षसहित नौ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २५ आइतबार २२:२o:oo

बिशेष अदालतले गैरकानूनी लाभ लिएको मुद्दामा गाउँपालिका उपाध्यक्षसहित नौ जनालाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनामाथि ६ महिनाअघि मुद्दा चलाएको मुद्दामा  विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले सफाइ दिइएको हो । 

सप्तरीको तिरहुत गाउँपालिकाका उपाध्यक्ष एवम् योजना अनुगमन समितिको संयोजक तीर्थमाया खत्वे र सदस्यहरु दुर्गानन्द यादव र वीरेन्द्र कुमार यादवले सफाइ पाएका छन् । यसैगरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इञ्जिनियर उग्रानन्द पाठक र सबइञ्जिनियर जागेश्वर मण्डललाई पनि सफाइ दिइएको छ । 

साथै, उपभोक्ता समिति अध्यक्ष रवेन्द्र कुमार यादव, सचिव धीरेन्द्र कुमार यादव र कोषाध्यक्ष रेणु कुमारी यादवले पनि सफाइ पाएका छन् । आर्थिक वर्ष ०७४÷७५ मा गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म सोलार बत्ती खरिद तथा जडान कार्यमा अनियमितता भएको दाबीसहित अख्तियारले मुद्दा चलाएको थियो । सम्झौताबमोजिम काम नभएको, कम काम गरी बढीको प्राविधिक मूल्यांकन गरिएको, त्यसैका आधारमा बढी भुक्तानी गरे गराएको दाबी अभियोगपत्रमा थियो । 

यस क्रममा झन्डै साढे ६ लाख रुपैयाँको भ्रष्टाचार भएको भन्दै उक्त रकम बिगो बनाइ ९ जनामाथि मुद्दा चलाइएको थियो । यसैमा सफाइको फैसला भएको हो ।