मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण ९ शुक्रबार १२:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टीले सहिद, बेपत्ता र घाइते परिवारको उचित मूल्यांकन गर्नेछ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार १२:३४:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्यांकन गर्ने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका– २ हलेदीस्थित सहिदपार्कमा आज आयोजित भेटघाट कार्यक्रममा उनले सहिदकै योगदानका कारण मुलुक यो अवस्थामा आइपुगेकाले उक्त योगदान भुल्न नहुने बताए ।

बेपत्ता तथा अपांगता भएका व्यक्तिलाई पार्टीकै पहलमा राष्ट्रिय सम्मान दिइएको बताउँदै अध्यक्ष दाहालले थप प्रोत्साहन र योगदानको कदर आवश्यक रहेको बताए।

उनले पछिल्लो समय पार्टीले यस्ता परिवारसँग भेटघाट गर्ने अभियानलाई तीव्रता दिइरहेको भन्दै यस कार्यलाई जिल्ला तथा प्रदेशलगायत सबै क्षेत्रमा सञ्चालन गर्न आग्रह गरे ।

अध्यक्ष प्रचण्डले सहिदपार्कलाई व्यवस्थित बनाउन सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।