मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Saturday, 22 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ९ शुक्रबार १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार १२:१९:oo

नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ५१ वटा संशोधन दर्ता भएका छन्।  गृह मन्त्रालयले १५ माघमा प्रतिनिधिसभा दर्ता गराएको विधेयकमा ५ माघमा सैद्धान्तिक छलफल भएको थियो।

छलफलपछि सभाले विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको ७२ घण्टाको संशोधन राख्ने समयमा सांसदहरूबाट ५१ संशोधन प्रस्ताव दर्ता भएको प्रतिनिधिसभा विधेयक शाखा प्रमुख त्रिविक्रम पराजुलीले बताए । 

गृहमन्त्री रमेश लेखकका अनुसार संविधानले परिकल्पना गरेबमोजिम प्रहरी संगठनलाई प्रादेशिक क्षेत्राधिकार तथा प्रदेश प्रहरीसम्म विस्तारसहितको संवैधानिक मर्मअनुकूल हुने गरी व्यवस्था गर्न तथा प्रहरीका सम्बन्धमा विश्वका अन्य देशहरूले अपनाएका असल अभ्याससमेत अनुकरण गरी प्रहरीको सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाई मुलुकमा शान्ति, सुरक्षा कायम गरी अमनचयन हासिल गर्नका लागि विधेयक संसदमा पेस गरिएको हो ।