मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १० बिहीबार o८:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

९५ अभिकर्तालाई नेपाल लाइफको एमडिआरटी अचिभर्स अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार o८:२५:oo

नेपाल लाइफ इन्स्योरेन्सले ९५ जना अभिकर्तालाई एमडिआरटी अचिभर्स अवार्डबाट सम्मान गरेको छ । सन् २०२४ जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा एमडिआरटीका लागि योग्य भएका ९५ जना अभिकर्तालाई कम्पनीले सम्मान गरेको हो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, शक्तिकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गरे । 

कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिँदै आगामी वर्ष झन् बढी संख्यामा एमडिआरटी सम्मान गर्न कम्पनी लालायित रहेको बताए । त्यस्तै, सिइओ पराजुलीले कम्पनीले बिमा बजारको करिब एकतिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आमनागरिकबिच बिमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे । 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले एमडिआरटीजस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल हुनुभएका अभिकर्तालाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे । साथै, उनले बिमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बिमासम्बन्धी नीति–निर्माणमा सहयोग पुर्‍याउने कुरा बताए । 

त्यस्तै, अभिकर्ता माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा एमडिआरटी बन्न सफल भएको बताए । कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले एमडिआरटी क्वालिफायरलाई कार्यक्रममा नयाँ कुरा सिक्ने अवसर र प्राप्त भएको सम्मानका कारण आगामी दिनमा काम गर्न थप ऊर्जा प्राप्त गर्नुहुने विश्वास व्यक्त गरे ।
 

छुटाउनुभयो की ?