मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १० बिहीबार १४:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुरमा अन्तरविद्यालय चित्रकला प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार १४:४७:oo

‘राष्ट्रका लागि दुई घण्टा’ अभियानले भक्तपुरमा जिल्लाव्यापी अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ। वातावरण संरक्षण र मानवसेवालाई मूलमन्त्र बनाएर काम गरिरहेको अभियानले एक सय हप्ता पूरा गरेको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो।

‘वातावरण प्रदूषण र प्रकोप न्यूनीकरणमा मानवीय भूमिका’ विषयमा चित्रकला केन्द्रित रहनुपर्ने अभियानका अध्यक्ष मधु ढुंगेलले बताए। प्रतियोगिताको माध्यमबाट विद्यार्थीलाई वातावरण संरक्षणप्रति सचेत र जागरुक बनाउने उद्देश्य रहेको उनको भनाइ छ।

माघ १५ गते सञ्चालन हुने प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउने अभियानका उपाध्यक्ष नरेश रञ्जितले जानकारी दिए। एक विद्यालयबाट एक छात्र र एक छात्रा गरी दुईजना सहभागी हुन पाउनेछन्। नयाँठिमीस्थित मिडभ्याली कलेजको प्रांगणमा प्रतियोगीहरूले प्रत्यक्ष चित्र बनाई प्रस्तुत गर्नुपर्ने र सोका लागि आर्टशाला नेपालले समेत सहकार्य गरेको रञ्जितले बताए।

प्रतियोगितामा प्रथम हुनेलाई रु. २५ हजार, द्वितीय हुनेलाई रु. १५ हजार र तृतीय हुनेलाई रु. १० हजार प्रदान गरिने अभियानका महासचिव नवराज काफ्लेले जानकारी दिए।

छुटाउनुभयो की ?