केही समयअघिसम्म सडकमै सवारीसाधनका पार्किङ र पोलमा गुजुल्टिएका तारका कारण अव्यवस्थित देखिने दरबारमार्ग हिजोआज सुन्दर र सफा देखिन थालेको छ । काठमाडौं महानगरपालिकाले फुटपाथको व्यवस्थापन र नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गरेपछि दरबारमार्गको मुहार नै फेरिएको छ । महानगरले फुटपाथ फराकिलो पारेर ढलानको काम सकेको छ । ढलानपछि फुटपाथमा महानगरले मार्बल लगाउने र नयाँ बत्ती जडान गर्दै छ ।
पहिले यस्तो थियो दरबारमार्ग
अहिले यस्तो भयाे