काठमाडाैं । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–बनेपा–धुलिखेल सडकखण्डमा विभिन्न स्थानमा निर्माणाधीन साना पुल र सडक निर्माणको कार्य ढिलाइ हुँदा सवारीसाधनको आवागमन प्रभावित भएको छ। सडक विस्तारको कामले गति लिन नसक्दा यात्रु तथा स्थानीयले सास्ती खेप्नुपरेको छ।









सूर्यविनायकदेखि धुलिखेलसम्मको करिब १५.८ किलोमिटर सडक ६ लेनमा विस्तार गर्ने आयोजना निर्धारित समयमै सम्पन्न हुन सकेको छैन। जगाती, महादेव खोला र पुण्यमाता खोलामा पुल निर्माणमा ढिलाइ हुनुका साथै बजेट अभाव, प्राविधिक समस्या र स्थानीयकाे अवरोधले पनि आयोजनाको काम प्रभावित भएको छ।
सडक विस्तार सम्पन्न भएपछि काठमाडौं उपत्यका, बनेपा र धुलिखेल हुँदै पूर्वी नेपालतर्फको यात्रा सहज हुने अपेक्षा गरिएको छ।