आजबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला (तस्बिरहरू)

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं । दसैँमा हुने यात्रुको चापलाई लक्षित गर्दै यातायात व्यवसायीले आजदेखि अग्रिम टिकट बुकिङ खुलाएका छन् । गत मंगलबार यातायात व्यवस्था विभागमा भएको सर्वपक्षीय बैठकमा २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको थियो ।

नेपालमा हिन्दु धर्म मान्ने नागरिक धेरै भएकाले दसैँजस्तो पर्व महत्त्वका साथ मनाउने गरिन्छ । यो वर्ष २५ असोजमा घटस्थापना, ३१ असोजमा फूलपाती र ४ कात्तिकमा दसैँ अर्थात् टीका छ । अध्ययन तथा रोजगारीका लागि विदेश र देशका विभिन्न ठाउँमा गएका व्यक्ति दसैँ मान्न घटस्थापनाआसपासको समयदेखि घर जान थाल्छन् । त्यसले गर्दा अघिपछिभन्दा यो समयमा यात्रुको चाप धेरै हुन्छ । त्यसलाई सही ढंगले व्यवस्थापन गर्न अग्रिम रूपमा टिकट बुकिङ खुला गर्ने अभ्यास छ ।

टिकट बुकिङ खुला भएसँगै काठमाडाैंकाे नयाँ बसपार्कमा अहिले दसैँमा घरजानकाा लागि टिकट काट्नेहरूको लामो लाइन लागेको छ ।

null

null

null

null

null

null

null

सुझावित समाचार