हेटौँडामा फूलको रौनक : सयपत्री र मखमलीले ढाकियो बजार (फोटोफिचर)

आइतबार, २२ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर । तिहारको रौनकले हेटौँडा बजारमा उल्लास छाएको छ । तिहारका लागि आवश्यक सयपत्री र मखमली फूलले बजार ढाकिएको छ । तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेकाले फूलको माग बढेको छ । घरघरमा लक्ष्मीपूजाका लागि फूलमाला सजाउने र घरआँगनलाई आकर्षक बनाउने तयारी भइरहेका वेला हेटौँडा बजारमा फूलको कारोबार बढेको छ ।

हेटौँडा आसपासका क्षेत्र तथा मकवानपुर जिल्लाका विभिन्न स्थानमा उत्पादन भएका सयपत्री र मखमली फूल किसान तथा व्यापारीले बजारमा बिक्रीका लागि राखेका छन् ।

बजारका विभिन्न स्थानमा फूलमाला र फूलका थुँगा बिक्री गर्न राखिएपछि तिहारको माहोल थप उत्साहपूर्ण बनेको छ । हेटौँडा बजार यतिवेला फूलमालाले ढकमक्कै उज्यालो देखिएको छ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

सुझावित समाचार