काठमाडौं । तिहार नजिकिएसँगै नागार्जुनस्थित नयाँगाउँका किसानहरू सयपत्री फूल टिप्न व्यस्त छन्। तिहारमा सयपत्री फूलको माग बढ्ने भएकाले किसानहरू फूल टिप्ने र बिक्री गर्ने तयारीमा जुटेका हुन्।
स्थानीय किसान कान्छी तामाङ पनि फूल टिप्न व्यस्त छिन्। तर, यस वर्षको बेमौसमी वर्षा र हावाहुरीका कारण सयपत्री र गोदावरी फूलमा क्षति पुगेको छ। लगातारको वर्षा र हावाहुरीले फूल कालो भएर कुहिने तथा बोट ढलेर नष्ट हुँदा उत्पादन घटेको किसानहरू बताउँछन्।
फूल टिप्न सुरु भए पनि बजार मूल्य भने अझै निर्धारण भएको छैन। किसानका अनुसार ठेकेदारमार्फत फूल बिक्री हुने भएकाले भोलिदेखि मूल्य निर्धारण हुनेछ।
हेर्नुस् तस्बिरहरू :
















