भक्तपुरका धानबारीमा धान पाक्यो, किसानलाई बाली भित्र्याउने चटारो (फोटोफिचर)

शुक्रबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा धानबाली पाकेर खेतहरू पहेँलपुर बनेका छन्। धान काट्ने समय नजिकिएसँगै किसानहरू बाली भित्र्याउने तयारीमा जुटेका छन्।

null

दसैँ–तिहारको आसपास धान पाक्ने यस मौसममा भक्तपुरका खेतमा देखिएको पहेँलपुर दृश्यले ग्रामीण परिवेशलाई झल्काएको छ। पाकेको धान भित्र्याउन किसानहरू खेतमा व्यस्त हुन थालेका छन्।

null

पछिल्लो समय भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याएकाले किसानहरू थप चिन्तित बनेका छन्। मौसम अनुकूल भएसँगै पाकेको धान समयमै काटेर भित्र्याउने तयारीमा किसानहरू जुटेका हुन्।

nullधानबाली भित्र्याउने समयमा वर्षा भएमा उत्पादनमा थप क्षति पुग्न सक्ने भएकाले किसानहरू मौसमको अवस्थालाई ध्यानमा राख्दै बाली काट्ने तयारी गरिरहेका छन्।

nullnull

null
 

सुझावित समाचार