उदयपुर । वरिपरि हरिया पहाड, बिचमा नागवेली त्रियुगा नदी अनि क्षितिजसम्म फैलिएका धानका फाँटले मनमोहक दृश्य। भित्री मधेशमा पर्ने उदयपुर र आसपासका फाँट अहिले कतै हरिया, कतै पहेँलपुर देखिन्छन्।
भित्री मधेशका यी फाँटले यतिवेला प्रकृतिको सुन्दरतालाई चित्रमा उतारेजस्तो देखिन्छ। अझ हवाईजहाजबाट खेतका ससाना टुक्रा पहेँलो र हरियो रङमा सजिएका गलैँचाजस्ता आँखैमा आउँछ।
कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार चालू आर्थिक वर्ष ०८३/८४ मा जिल्लाको १३ हजार ३८० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ८७७ हेक्टरमा धान खेती गरिएको छ।
जिल्लाको त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका समथर भूभाग तथा भित्री मधेशका फाँटमा मुख्यगरी धान खेती हुने गरेको छ। गत आर्थिक वर्ष०८२/८३ मा जिल्लाको १२ हजार ९१२ हेक्टरमा धान खेती हुँदा ३१ हजार ३१८ मेट्रिक टन उत्पादन भएको थियो। अहिले किसानहरू धान भित्र्याउने तयारीमा जुटेका छन्।
हेर्नुस् त्रियुगा नगरपालिका आसपासका दृश्य :






