बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु (तस्बिरहरू)

बुधबार, २५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै छन् ।

भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले पूजा, दर्शन तथा टीका लगाउन सुरु गरेका छन्। 

वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरू टीका लगाउन पुग्ने परम्परा छ। यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरंगी टीका लगाएर भाइटीका मनाउने गर्दछन्।

भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:०७ बजेको अभिजित मुहूर्तको समय उत्तम रहेको छ। तर, आज दिनभर भाइटीका लगाउन कुनै समस्या छैन ।

null

null

null

null

null

null

null

null

null

null

 

सुझावित समाचार