Skip This
सुमेरु सहकारीका तीन शाखा कार्यालयमा तालाबन्दी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
२o८१ माघ १० बिहीबार २o:१४:oo
Read Time : < 1 मिनेट
समाचार

सुमेरु सहकारीका तीन शाखा कार्यालयमा तालाबन्दी

अति आवश्यक कागजपत्र र कम्युटरका हार्ड डिक्स सिज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार २o:१४:oo

बागमती प्रदेश सरकारले ललितपुरमा रहेको सुमेरु सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका तीनवटा कार्यलयमा तालाबन्दी गरेको छ। गत २८ पुसमा समस्याग्रस्त घोषणा गरिएको उक्त सहकारीमा बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौंको टोलीले तालाबन्दी गरेको हो।

टोलीले सुमेरु सहकारीको पुलचोकस्थित मुख्य कार्यालयसहित दुई शाखामा तालाबन्दी गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौंका प्रमुख महेश आचार्यले जानकारी दिए। उनका अनुसार प्रधान कार्यालयसहित धापाखेल र गठ्ठाघरको शाखा कार्यालयमा तालाबन्दी गरिएको हो।

टोलीले सहकारीको आवश्यक कागजपत्र र कम्युटरका हार्डडिक्स सिज गरेको उनको भनाइ छ। सो सहकारीको गत ८ माघमा नै खाता रोक्का गरिएको थियो। सहकारीको व्यवस्थापनका लागि छिट्टै थप प्रक्रिया अघि बढाइने उनको भनाइ छ। सहकारीका सञ्चालकहरूसँग छलफल गरी सम्बन्धित सबैको खाता रोक्का गरिने प्रमुख आचार्यले बताए।

गत २८ पुसमा नै समस्याग्रस्त घोषणा गरिएको भए पनि सुमेरु सहकारीमा तालाबन्दी गर्ने निर्णय गरिएको थिएन। एउटै नामका ३ सहकारी देखिएको र उक्त विषय मिलाउनुपर्ने भएकाले सुमेरु सहकारीमा तालाबन्दी गर्न समय लागेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयका प्रमुख आचार्यले जानकारी दिए। उनका अनुसार काठमाडौं, ललितपुर र काभ्रेमा समेत सुमेरु सहकारी रहेका तथा ललितपुर र काठमाडौंको सुमेरु सहकारीले एकीकरणको सम्झौतासमेत गरेकाले तालाबन्दी गर्न समस्या भएको हो।

प्रमुख आचार्यले गत बुधबार मात्र समस्याग्रस्त सुमेरु सहकारीको विवाद समाधान गरी तालाबन्दी गर्ने र आवश्यक कागजात तथा सिस्टम सिज गर्ने निर्देशन प्राप्त भएको बताए। सोहीअनुसार सुमेरु सहकारीका तीनवटा कार्यालयमा तालाबन्दी गरिएको बताए। एकीकरणको सहमति दिए पनि कारोबारको विवरणमा संलग्नता नरहेकाले काठमाडौंको सुमेरु सहकारीमा तत्काल तालाबन्दी नगरिएको उनको भनाइ छ।