काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी सम्बन्धित कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउनेछैनन्।
कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार कालोसूचीमा परेका कम्पनीहरूले प्रतिबन्धको अवधि समाप्त नभएसम्म सरकारी तथा सार्वजनिक निकायका खरिदसम्बन्धी ठेक्का र प्रक्रियामा भाग लिन पाउनेछैनन्।
