पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा काभ्रेको रोशीमा

शुक्रबार, १३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमध्ये सबैभन्दा धेरै वर्षा काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा भएको छ। उक्त केन्द्रमा ३३ मिलिमिटर वर्षा मापन गरिएको छ।

जल तथा मौसमसम्बन्धी विवरणअनुसार कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा मापन गरिएको छ।

शुक्रबार बिहान ६:४२ बजेसम्मको विवरणअनुसार रोशीमा सबैभन्दा बढी वर्षा भएको हो।

सुझावित समाचार