सुर्खेत- सशस्त्र प्रहरीका दुई कर्मचारीसहित चार जना लागुओषध कारोबारको आरोपमा पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सुर्खेतको वीरेन्द्रनगरबाट रुपेश घर्तीमगर, कुमारबहादुर रास्कोटी, बालराम पौडेल र नवराज चालिसेलाई पक्राउ गरेको हो । उनीहरुबाट १२.०२ ग्राम खैरो हेरोइन बरमद भएको एसपी दुर्गाराज रेग्मीले बताए। पक्राउ परेकामध्ये पौडेल सशस्त्रको सहायक हवल्दार घर्तीमगर परिचर भएको खुलेको छ।